शुक्रबार, बैशाख १४, २०८१

आयोगले तोक्यो प्रतिनिधिसभा उम्मेदवारको खर्च सिमा

प्रतिनिधिसभा सदस्यका उम्मेदवारले अधिकतम रु १४ लाख र प्रदेशसभा सदस्यले रु सात लाखसम्म मात्र खर्च गर्न पाउने

काठमाडौ भाद्र २९,  आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन लाइ लक्षित गर्दै निर्वाचन आयोगले आज निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउने सन्दर्भमा राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद अर्थात उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको सिमा तोक्नु पर्ने प्रस्ताव गरेको छ ।  आयोगको तर्फबाट उम्मेदवारको निर्वाचन खर्चको सवालमा गरिएको प्रस्ताव अनुरुप प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक जना 870880256उम्मेदवारले अधिकतम रु १४ लाख र प्रदेशसभा सदस्यले रु सात लाखसम्म खर्च गर्न पाउने प्रस्ताव गरेको छ ।

यसैगरी आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आफूले पेश गरेको बन्द सूचीमा उम्मेदवारी दिएको उम्मेदवारको संख्याअनुसार प्रतिउम्मेदवार प्रतिनिीसभाको हकमा रु दुई लाख र प्रदेशुभाको हकमा रु एक लाख ५० हजारका दरले निर्वाचन खर्च गर्नसक्ने प्रस्ताव गरेको छ ।  साथै आयोगले तोकेको अद भन्दा हदभन्दा बढी खर्च गर्ने वा तोकिएको अवधिमा खर्चको विवरण पेश नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम जरिवाना गर्नसक्ने कानूनी व्यवस्थाका लागि पनि आयोगले प्रस्ताव गरेको छ ।  आयोगको प्रस्ताव माथिको छलफलमा भाग लिदै काँग्रेसका नेता डा मीनेन्द्र रिजालले निर्वाचन खर्चसम्बन्धी विषयलाई पनि व्यावहारिक र वस्तुगत बनाउनुपर्नेमा जोड दिनुभएको थियो भने एमालेका नेता अग्निप्रसाद खरेल ले निर्वाचन खर्चलाई व्यावहारिक र स्वभाविक बनाउन सुझाव दिनुभएको थियो ।  छलफलमा संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा शिवजी यादव , नयाँ शक्ति पार्टीका नेता नवराज सुवेदी, नेमकिपाका नेता प्रेम सुवाल लगायतले पनि आआफ्नो सुझाव दिनु भएको थियो ।