शनिबार, बैशाख १५, २०८१

खुला सीमाका कारण निर्वादरुपमा प्रतिबन्धित भारु नोट धमाधम नेपाल भित्रिदै

काठमाडौ भाद्र ३० ,  भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको खवर आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित रहेको छ ।  आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले -currency-background--1000x0प्रतिबन्धित भारतीय नोट आएको जानकारी दिए । ‘प्रतिबन्धपछि भारतबाट नेपालमा यस्ता नोट आउने क्रम बढेको छ,’ उनले भने, ‘नेपालमा साटिन्छ भन्ने सोचले यस्ता नोट आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत २३ कात्तिकमा गैरकानुनी कारोबार रोक्न भारतीय मुद्रा पाँच सय र एक हजारको नोटमाथि प्रतिबन्धको घोषणा गरेका थिए । त्यस क्रममा ५० दिनसम्म सर्वसाधारणसँग भएको नोट बैंकमा जम्मा गर्ने सुविधा दिइएको थियो ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत वैशाखपछि प्रतिबन्धित नोटसँग सम्बन्धित पाँच घटना विभागको जिम्मा लगाएको छ । पाँच घटनामा तीन करोड ३९ लाख प्रतिबन्धित नोट बरामद भएको प्रहरीले जनाएको छ ।