शुक्रबार, बैशाख १४, २०८१

४८ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रम देउवा भारत प्रस्थान गर्दै

काठमाडौ भाद्र ७,  प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आज ४८ सदस्यीय  प्रतिनिधि  मण्डलको नेतृत्व गर्दै प्रमको रुपमा चौथो पटक नेपाली समय अनुसार बिहान बजेपछि नेपाल एयरलाइन्सबाट भारत भ्रमणमा जादै हुनुहुन्छ । चार मन्त्री, ९ जना सांसद तथा विभिन्न मन्त्रालयका उच्च Captureअधिकारी संलग्न टोलीसहित प्रधानमन्त्री पाँच दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली जान लाग्नुभएको हो । भारत भ्रमणको क्रममा गर्न लाग्नुभएका प्रधानमन्त्री देउवाले दिल्लीमा रहँदा राष्ट्रपति, प्रधानमन्त्री, उच्चतहका मन्त्रीहरुसँग भेटवार्ता गर्नुहुनेछ । भेटवार्तापछि भारतसँग ७ वटा विषयमा समझदारी गर्ने तयारी भएको बताईएको छ ।

प्रधानमन्त्रीसँग उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पर्यटन मन्त्री जीतेन्द्र देव र वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा जानुहुनेछ । भ्रमण दलमा नेपाली काँग्रेस, माओवादी केन्द्र , सङ्घीय समाजवादी फोरमलगायत पार्टीबाट नौ जना सांसदहरू सहभागी हुनुहुनेछ ।  भ्रमण टोलीमा प्रधानमन्त्री देउवाकी धर्मपत्नी आरजु देउवा पनि हुनुहुन्छ । त्यसैगरी परराष्ट्र मन्त्रालयबाट सचिवसहित नौ जना तथा अन्य मन्त्रालयबाट समेच उच्च अधिकारी सहभागी हुनुहुनेछ । भ्रमणदलमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.दिनेश भट्टराई, प्रेस संयोजक गोविन्द परियार तथा सचिवालयका सदस्य पुनर्निर्माण प्राधिकरणका सिइओ गोविन्दराज पोखरेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्ले पनि रहेका छन्।  पनि हुनुहुनेछ । प्रधानमन्त्रीका प्रेस संयोजक परियारका अनुसार प्रधानमन्त्री देउवाले भारत भ्रमणको दोस्रो दिन भारतीय राष्ट्रपति रामनाथ कोविद तथा समकक्षी नरेन्द्र मोदीसँग दुईपक्षीय वार्ता तथा सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको जानकारी दिनु भएको छ ।