शुक्रबार, बैशाख १४, २०८१

तीजका व्रतीले वर्तको पूर्वसन्ध्यामा आज दर खाँदै

काठमाडौ भाद्र ७, नेपाली नारीले मनाउँने हरितालिका तीजका व्रतीले वर्तको पूर्वसन्ध्यामा आज वर्तका दिन उर्जा प्राप्त होस भन्दै आज दर खाँदैछन् । यस पछि 1236013_523206964416947_61217625_n-e1409240052733द्वितीयाका दिन राति १२ पछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अघ्र्य दिएर मात्र खाने परम्परा र तीजका दिन दिनभर निराहार व्रत बस्नु पर्ने भएकाले पनि उनिहरुले आज विभिन्न मीठा मीठा परिकारका साथ दर खाने गरेको हो । आजको दिन टाढाटाढा रहेका चेलीहरु माइतीघरमा भेला भएर वा आफ्नै घरमा राती अबेर खीर, ढकनी, घिउ, दही, दूध लगायतका मीठा परिकार दर खाने प्रचलन रहिआएको छ ।

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। यसक्रममा विवाहिता चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खीर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।