बिहिबार, बैशाख १३, २०८१

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा ,निर्वाचनसम्बन्धी दुवै विधेयक संसदमा विचाराधीन

काठमाडौं भाद्र ६ , मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव एकै चरणमा गर्ने गरी आगामी मंसिर १० गतेका लागि निर्वाचनको मिति घोषणा गरेको छ ।   आयोगले मतपत्र छपाइ र ढुवानीलगायत काममा समय लाग्ने भन्दै मंसिर ४ मा ३१ ओटा उच्च पहाडी तथा हिमाली जिल्ला र बाँकी nepal-government-logoजिल्लामा २१ गते चुनाव गर्न सुझाव दिएपनि मुलुका प्रमुख दलहरुबीच पटक पटक भएको छलफल र त्यसवीचमा बनेको समझदारीअनुसार सरकारले एकै चरणमा निर्वाचन गर्नेगरी मिति घोषणा गरेको हो ।

 तर  चुनाव एकैदिन गर्ने गरी  घोषणा गरे पनि   निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी आवश्यक कानुन अर्थात प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी दुवै विधेयक संसदमा विचाराधीन रहेको अवस्थामा घोषणा गरेको् निर्वाचनको मितिले कत्तिको सार्थकता पाउँने हो त्यो भने प्रतिक्षाका विषय भएको छ ।

त्यस्तै यसअघि निर्वाचन आयोगले मिति घोषणा गर्नुलाई सकारात्मक पक्ष भएको जनाउएपनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी कानुन भदौ ५ भित्र दिइसक्न यसअघि नै सरकारसँग माग गरेको थियो । तर निर्वाचन कानुन भने तयार पारित भइसकेको अवस्थामा घोषाण गरिएको मितिमा निर्वाचन गर्न प्राविधिक र व्यवस्थापकीय समस्या पर्ने जनाउ सहित सरकाले घोषित मितिको विकल्पको मानसिकता प��ि बनाउँने जरुरी रहेको जनाउ दिएका छन ।