शनिबार, बैशाख १५, २०८१

राज्यशक्तिको दुरुपयोग सहित प्रहरी परिचालन गरि मानसिक तनाव दिने कार्यको युनियनद्दारा भत्सर्ना

काठमाडौं श्रावण २४ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्वन्धित प्रकाशित एक समाचारको विषयमा काठमाडौंबाट सञ्चालित न्यूज अभियान डटकममा अख्तियारले प्रहरी परिचालन गरि मानसिक तनाव दिने कार्य गरेमा नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  आयोगका गतिविधी र कार्वाहीको बारेमा समाचार प्रकाशित गरेकै आधारमा अख्तियारले प्रहरीको केन्द्रीय जाँच व्यूरो (सिआइबी) लाई परिचालन गरि समाचार संस्थाको कार्यालयमा press-realese-news abhiyan-2074-4-24छापामार शैलीमा गएर समाचारको प्रमाण माग्दै धम्क्याउने कार्य गर्नु भनेको स्वतन्त्र प्रेसमाथिको नाङगो हस्तक्षेप भएको भन्दै युनियनका महासचिव अजयवावु सिवाकोटी द्दारा जारी विज्ञप्तिमा छापामार शैलीमा न्यूज अभियानको कार्यालयमा प्रहरी पठाउँदै गरिएको खोजतलासको यूनियन केन्द्रले कडा शब्दमा विरोध तथा भत्सर्ना गरेको छ ।

त्यस्तै विज्ञप्तिमा राज्यशक्तिको दुरुपयोग गर्दै समाचार संस्थामा प्रहरी परिचालन गरेर मात्र नपुगी सिआइबीका उच्च अधिकारीले न्यूज अभियान डटकमका सम्पादक छायाँचन्द्र भण्डारीलाई धम्क्याउने कार्यको हामी भत्सर्ना गर्दछौं विज्ञप्तीमा भनिएको छ । न्यूज अभियान डटकमको कार्यलयमा आफुलाई सिआईबीको इनिस्पेक्टर र सई बताउदैँ समाचारको प्रमाण माग्न गएको विषयमा सर्वत्र विरोध भइरहेको छ ।

प्रहरीको छापामार शैलीले प्रेश स्वतन्त्रताको खिल्ली उडाएको सञ्चार विज्ञहरुले बताएकाछन् । त्यसै गरि देशको संवैधानिक निकाय निर्वाचन आयोगले २०७४ साउन १५ गतेको निर्णय भन्दै काठमाडौंबाट प्रकाशित हुने देशान्तर साप्ताहिकका सम्पादक कविर राणालाई आयोगसँग सम्वन्धित समाचार सामग्रीको विषयमा प्रमाणसहित आयोगमा ३ दिनभित्र उपस्थित गराई र आवश्यक कार्वाही गराउन प्रेस काउन्सिललाई लेखि पठाएको करिव १० दिनमै अर्को संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि आफ्नो शक्तिको दुरुपयोग गर्न उत्रिनु दुखको विषय भएको उल्लेख गरिएको छ ।

साथै विज्ञप्तिमा राज्यका संवैधानिक निकायहरु आफ्नो सीमा र मर्यादलाई नाघ्दै सञ्चारमाध्यप्रति खनिनुले त्यसका नेतृत्वको सञ्चारमाध्यमप्रतिको अनुदार रवैयालाई पुष्टी गरेको उल्लेख गरिएको छ । एउटा समाचार संस्थाले समाचार लेखेकै भरमा उसलाई तर्साउने र राज्यशक्तिको दुरुपयोग हुने गरि प्रहरी लगाएर कार्वाहीको धम्की दिने कार्यको युनियन विरोध गर्दछ। नेपाल प्रेस युनियन न्यूज अभियान डटकम माथि आयोगले लगाएको वक्रदृष्टीको विपक्षमा रहँदै सबै प्रेस स्वतन्त्रता पक्षधहरुहरुलाई एक ठाउँमा उभिइ यस घटनाको विरोध जनाउन आग्रह युनियनले विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।