बिहिबार, बैशाख १३, २०८१

पत्रकार आचार्यले आफ्नो कमजोरी स्वीकार गर्नुपर्ने महासंघको निष्कर्ष

काठमाडौ श्रावण २३,  नेपाल पत्रकार महासंघले आफ्ना केन्द्रीय सदस्य तथा इमेज च्यानल टेलिभिजनका वरिष्ठ उपसम्पादक सुरज आचार्यले समाचारका विषयमा आर्थिक मोलाहिजा गरेको सम्बन्धमा आफ्नो कमजोरी स्वीकार गर्नुपर्ने निष्कर्ष निकालेको छ ।  पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रतिष्ठान संयोजक सुरज आचार्यका सम्बन्धमा २०७४ असार २८ गते ‘डिसीनेपाल डटकम’ मा प्रकाशित समाचारको विषयमा अध्ययन गर्न महासंघ सचिवालयको मिति २०७४ आषाढ ३० को बैठकबाट महासचिव उजिर मगरको संयोजकत्वमा गठित समितिले गरेको अध्ययन प्रतिवेदनले यस्तो निष्कर्षको पहिचान गर्दै सोको कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
press release 23 saunत्यस्तै प्रतिवेदनमा पत्रकार आचार्यले चाबहिल भत्केको पुलस्थित मोटर ग्यारेजका सञ्चालकसँग आर्थिक लेनदेनको विषयमा कुरा गरेको गोप्यरुपमा खिचिएको भिडियो लिंकसहित प्रकाशित समाचारमा भनेको र देखाएजस्तै इमेज च्यानलका प्रमुख र सहकर्मीको भनाइ एवम् जानेबुझेसम्म निजको विगत हेर्दा कुनै गैरकानुनी वा गैरव्यावसायिक कार्यमा संलग्न भएको अवस्था नरहेको तर घटना स्वयंमा भने निजको पेशागत कमजोरी देखिएको उल्लेख गरिएको छ ।

त्यस्तै प्रतिवेदनको निष्कर्ष भन्दै महासंघका सचिव प्रभात चलाउँनेद्दारा जारी ६ बुँदे विज्ञप्तिमा भनिएको छ, “समग्र प्रकरणमा कुनै आर्थिक लेनदेन भएको देखिन्न तर पनि यसले पत्रकारिता क्षेत्रको विश्वसनीयता र पत्रकारको आचरण तथा महासंघको पदीय मर्यादाका सन्दर्भमा सार्वजनिक रूपमा गम्भीर प्रश्न उठेकाले यस प्रकरणमा आचार्यले आफ्नो कमी कमजोरीलाई सार्वजनिक रूपमै स्वीकार गर्न र भावी दिनमा कमी कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्न आवश्यक रहेको जिकिर सहित अध्ययन टोली समक्ष डिसी नेपाल डटकममा आएको अडियो भिजुयल र समाचारका सबै विषयमा ग्यारेज सञ्चालक दर्लामीले निज सुरज आचार्यले समाचारको विषयमा कुरा गरेको र लेनदेनको कुरा पनि भएको तर लेनदेनको कार्य भने नभएको बताएको । सुरज आचार्यले केही आन्तरिक समस्यामा परेर ग्यारेजमा गई भेटघाट र कुराकानी गरेको, केही दवावको स्थिति र केही परिस्थितिजन्य कारण पनि रहेको तर समाचारमा आएजस्तो समाचारको बार्गेनिङ भने नगरेको उल्लेख गरिएको छ  । साथै  ग्यारेजसम्बन्धी कुनै समाचार बनेको छ भनी सम्बन्धित सञ्चार संस्थामा बुझ्दा त्यस्तो समाचार बनेको वा कसैलाई असाइन गरेको वा एडिटोरियल मिटिङमा कहिल्यै छलफलको विषय बनेको नदेखिएकोले सुरज आचार्यबाहेक इमेज च्यानलमा यस विषयमा कसैलाई पनि कुनै जानकारी भएको वा संलग्नताको अवस्था नरहेको जनाएको छ ।