शुक्रबार, बैशाख १४, २०८१

भरतपुर १९ मा राजनीतिक दलहरू रातारात चुनावी प्रचारप्रसारमा, आजवाट मौन अवधी , शुक्रवार पुर्न निर्वाचन हुँने

गणना  भइसकेका मत परिणाम अनुसार एमालेको तर्फबाट मेयरका उम्मेदवार रहेका देवी ज्ञवालीको ४० हजार ९८० मत र माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १९४ मत प्राप्त

काठमाडौं श्रावण १८, पुनः मतदान गर्न सर्वोच्चले निर्णय गरेसँगै भरतपुर वडा नम्बर १९ मा आगामी शुक्रवार हुँने पुर्न निर्वाचनको लागि आजदेखि तयारी अर्था मौन अवधी सुरु भएको छ । भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको कार्यालयमा मंगलवार अपराह्न भएको सर्वदलीय बैठकपछि Captureमतदानको मिति तय गर्नुको अलावा मौन अवधीको समय सिमा निर्धारण गरिएको हो ।

पुन मतदानको तयारी संगै अहिले राजनीतिक दलहरू रातारात चुनावी प्रचारप्रसारमा जुटेका छन् । राजनीतिक दलहरूले आफ्ना उम्मेदवारले जित्ने रणनीति बनाउन आन्तरिक गृहकार्य थालेका छन् । २९ वटा वडा रहेको भरतपुर महानगरमा यसअघि २७ वटा वडाको मतगणना भइसकेको छ । वडा नम्बर १९ मा पुन मतदान भएपछि गन्न बाँकी रहेको वडा नम्बर २० को समेत मतगणना हुनेछ । यसअघि गणना  भइसकेका मत परिणाम अनुसार एमालेको तर्फबाट मेयरका उम्मेदवार रहेका देवी ज्ञवालीको ४० हजार ९८० मत र माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १९४ मत प्राप्त गर्नु भएको निर्वाचन कार्यालयले जनाएको छ ।