बिहिबार, बैशाख १३, २०८१

सिआइबीको प्रहरी भन्दै फिरौती असुल गर्ने गिरोहका मुख्य नाइके तामाङ पक्राउ

काठमाडौ श्रावण १७,  प्रहरीले केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायब उपरीक्षक भन्दै विभिन्न व्यक्ति अपहरण गरी फिरौती असुल गर्ने गिरोहका मुख्य नाइके क्रराज तामाङलाई पक्राउ गरेको छ ।

pakrauयसअघि ज्यान मुद्दामा विसं २०५९ सालमा अदालतबाट २० वर्ष सजाय तोकिएकामा २०६९ सालमा छुटेका तामाङलाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दामा निजउपर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

त्यस्तै सोहि गिरोहका कुविन भन्ने कोलबहादुर थापामगर तथा सरू केसी भन्ने आशिका परियारलाई काठमाडौँ बत्तीसपुतलीबाट गत आषाढ २ गतेनै पक्राउ गरिसकेको पनि प्रहरीले जनाउको छ ।