आइतवार, बैशाख १६, २०८१

बालमैत्री अस्पतालको चमेनागृहमा सिलबन्दी

काठमाडौ श्रावण  २७ , म्याद नाघेको खाद्य पदार्थ फेला पर्नुको फोहर अलावा विभागीय दर्ता समेत नभएको भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले महारागंजस्थित रहेको अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा सञ्चालित चमेनागृहमा विहिवार सिलबन्दी गरेको छ ।

Captureअनुगमनका क्रममा विभागले चमेनागृहबाट म्याद नाघेको एक लिटरको २० पोका तेल, आठ पोका चाउमिन र केही पेय पदार्थसमेत नष्ट गरी आवश्यक कागजपत्र लिई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिदै सिलबन्दी गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।