शनिबार, बैशाख १५, २०८१

प्राकृतिक प्रकोपका कारण भएको धनजनको क्षतिप्रति पूर्वराजा शाहद्दारा चिन्ता एव दुःख व्यक्त

काठमाडौं श्रावण ३० , विगत केही दिनदेखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा आएको बाढी र पहिरोका भएको धनजनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र 20729707_1377236095686342_2216600794533129703_nशाहले दुःख व्यक्त गर्नु भएको छ । साथै उहाँले बाढीपीडितहरुमा विपत्तिको सामना गर्ने सफलताका लागि ईश्वरसँग प्रार्थना समेत गरेका छन् ।

पूर्वराजाका तर्फबाट सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट विगत केही दिनदेखि परेको अविरल वर्षाले देशको तराई लगायत विभिन्न भूभागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति पुर्‍याएकोमा गम्भीर चिन्ता एव दुःख व्यक्त गर्दै बाढीपीडित जनतालाई राहत एवं उद्धारमा सरकारले तदरुकता देखाउनुपर्ने उल्लेख गर्दै विज्ञप्तिमा ‘विपत्तिको यस घडीमा उक्त क्षेत्रका जनतालाई राहत एवं उद्धार उपलब्ध गराउँदै प्रकोप नियन्त्रणका लागि सम्वन्धित पक्षले तदारुकता देखाउने छ भन्ने विश्वास गरिबक्सेको उल्लेख गरिएको छ ।’