शुक्रबार, बैशाख १४, २०८१

आज श्रावणको अन्तिम सोमबार, शिवालयमा हरियो बस्त्र र आभूषणमा सजिएका ब्रतालुको घुइँचो

काठमाडौं श्रावण ३० , आज श्रावण महिनाको अन्तिम सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा सुख, शान्ति तथा सौभाग्य एवम् समृद्धिको कामना गर्दै Anup_भगवान शिवलाई जल चढाउन ब्रतालुको घुइँचो लागेको छ । राजधानीको पुशपतिनाथ , काठमाडौंको मरुहिटीस्थित सन्तानेश्वर महादेव मन्दिर लगायत कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, चितवनको देवघाटमा बिहानैदेखि हरियो बस्त्र र आभूषणमा सजिएका महिला भक्तजनको घुइँचो लागेको हाम्रा सहकर्मीहरुले जनाएका छन ।
त्यस्तै आजको दिन काठमाडौंको सुन्दरीजलबाट जल ल्याएर पशुपतिमा चढाउने बोलवम समूहको पनि त्यतिकै घुइँचो रहेको छ । त्रेतायुगमा पार्वतीले भगवान शिवलाई बरको रुपमा प्राप्त गर्नका लागि १६ सोमवारी ब्रत गरेको कुरा शिवपुराणमा उल्लेख भएअनुरुप आजको दिन महादेवको पूजा पाठ गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।