शनिबार, बैशाख १५, २०८१

प्रहरी प्रवक्ताको जिम्मेवारी डिआईजी नेउपानेलाई

काठमाडौं भाद्र ११, नेपाल प्रहरीले डिआईजी मनोज नेउपानेलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिईएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका Nepal-policeकाम/कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक नेउपानेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो । प्रहरी नायव महानिरीक्षक नेउपानेलाई मोवाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।