शुक्रबार, चैत्र १६, २०८०

पण्डित पक्राउ

काठमाडौ भाद्र १२,  नेपाल प्रहरी नुवाकोट पञ्चकन्या गाउँपालिका–४ घर भई तारकेश्वर नगरपालिका–१० मनमैंजु बस्ने दिपक पण्डितलाई पक्राउ गरिएको छ ।
Nepal-policeप्रहरीका अनुसार पण्डितले स्थानीय होटल व्यवसायीहरुलाई धाक धम्की दिई हप्ता असुलीमा सक्रिय रहेको अभियोगमा किटानी जाहेरी परेपछि  ४१ बर्षीय पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।