शुक्रबार, बैशाख ७, २०८१

सञ्चारमन्त्री बस्नेतद्वारा छड्के निरीक्षण

अध्यक्ष र निमित्त महाप्रबन्धक,कार्यालय प्रमुख लगायतका जिम्मेवार कर्मचारी कार्यालय समयमा अनुपस्थित ,  विभागीय  कारवाही गर्ने मन्त्रालयलयको तयारी 

Anup_20170801_252काठमाडौ भाद्र ११,  सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आज मातहतका कार्यालयहरुको छड्के निरीक्षण गर्नुभएको छ । कार्यालयमा कर्मचारी समयमा नआउने र जनताका काममा ढिलासुस्ती हुने गरेको भन्ने जनगुनासोको सम्बोधन गर्दै मन्त्री बस्नेतले छड्के निरीक्षण गर्नु भएको हो ।
छड्केको क्रममा मन्त्री बस्नेत नयाँ सडक स्थित गोरखापत्र संस्थान कमलादीस्थित नेपाल दूरसञ्चार प्राधिकरणको केन्द्रीय कार्यालय पुग्नुहुँदा संस्थानका अध्यक्ष र निमित्त महाप्रबन्धक,कार्यालय प्रमुख लगायतका जिम्मेवार कर्मचारी कार्यालय समयमा अनुपस्थित रहेका थिए ।

मन्त्री बस्नेतले कर्मचारी कार्यालयमा आइसक्नुपर्ने समयभित्र पनि सबै कर्मचारी आइनपुगेको देखेपछि प्राधिकरण कार्यालयको विद्युतीय हाजिरी मेसिनमा टेप टाँसेर तत्काल हाजिरी रोक्न निर्देशन दिदै मन्त्री बस्नेतले आवश्यक कारबाहीका लागि भनेर संस्थानका सबै हाजिरी पुस्तिका आफैसँग मन्त्रालय लिएर जानुभएको थियो । समयमा कार्यालय नआउनु भनेको अनुशासनहिनताको पराकाष्ठा भएको जनाउ दिदै त्यस्ता कर्मचारीमाथि विभागीय  कारवाही गर्ने मन्त्रालयलयको तयारी रहेको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031