शुक्रबार, बैशाख १४, २०८१

डा केसीको आन्दोलमा समर्थन जनाउँदै आवासीय चिकित्सक पनि आन्दोलित

काठमाडौ श्रावण १८, समग्र चिकित्सा क्षेत्रको सुधारको माग राख्दै  डाक्टर गोविन्द केसीले पटकपटकको आमरण अनसन पछि सरकारसंग भएका सम्झौता downloadअनुरुप पछिल्लो पटक आमरण अनसनमा बस्नु भएको आज दशौं दिन पुगेको छ । यसवीचमा सरकारसंग दुइपटक वाताए भएपनि कुनै नितिगत निर्णय भने हुुन भने सकेको छैन । तर उहाँको स्वास्थ्य भने दिनानुदिन विग्रदो अवस्थामा पुगेको छ ।

यसैवीच डा केसीको माग पुरा गर्ने तर्फ सरकारले कुनै चासो नदेखाएको भन्दै उहाँको समर्थनमा चिकित्सकहरुले थप आन्दोलन गर्ने भएका छन् । यसक्रममा करिब ३ सय ५० जनाको सख्यामा रहेका आवासीय चिकित्सकले आजदेखि उपचार सेवामा सरिक नहुने र बहिरंग सेवा बहिस्कार गर्ने भएका छन् ।  आवासीय चिकित्सकहरुको संगठन नेसनल रेजिडेन्ट डाक्टर्स एशोसिएसले प्रा।डा।गोविन्द केसीको आमरण अनसनको समर्थनमा सरकारलाई थप दबाब दिन शैक्षिक कार्यक्रमअन्तर्गत पठन पाठनमा सरिक नहुनको साथै बहिरंग विभागअन्तर्गत उपचार सेवामा सरिक नहुने घोषणा गरेको हो ।