शनिबार, बैशाख ८, २०८१

प्रधानमन्त्री देउवाले आज नारायणगढ–मुग्लिन सडकखण्डको हवाई अवलोकन गर्ने

काठमाडौं श्रावण १८, प्रधानमन्त्री शेरबहादुर देउवाले सडक विस्तारको क्रममा रहेको चितवन नारायणगढ मुग्लिन सडकखण्डको हवाई अवलोकन गर्ने भएको छ Capture
त्यस्तै प्रधानमन्त्री देउवाले सडक खण्डको हवाई अवलोकन पछि भरतपुरको आँपटारीमा पुग्नुभइ त्यहाँबाट निर्माणाधिन सडकखण्डको करिब १२ किलोमिटर दुरीसम्म प्रधानमन्त्री देउवाले स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको प्रमको निजिी सचिवालयले जनाएको छ । अवलोकन भ्रमणको क्रममा आयोजना प्रमुख चन्द्र नारायण यादवले सडकको निर्माण प्रगति बारे प्रधानमन्त्रीलाई ब्रिफिङ्ग गर्नुहुनेछ ।

निर्माणाधिन ३१ दशमलभ ५ किलोमिटर सडकको ५२ प्रतिशत काम सकिएको दावी गरिएको छ । ५ किलोमिटर सडक मात्रै अहिले सम्म कालोपत्रे भएको छ । मुग्लिन देखि कालिखोला सम्मको खण्डमा अप्ठ्यारो पहाड फोर्ने काम वर्षाका कारण रोकिएको छ ।