शुक्रबार, बैशाख १४, २०८१

जि.स.स. निर्वाचनका लागि प्रमुख सत्तारुढ दलवीच चुनावी तालमेल

काठमाडौं श्रावण १७,  स्थानीय तहको निर्वाचनपछि सबै जिल्लामा जिससको निर्वाचन हुने क्रम जारी छ । यसक्रममा सत्तारुढदल काँग्रेस र माओवादी केन्द्रवीच जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।
Captureकाँग्रेस नेतात्रय विमलेन्द्र निधि, डा रामशरण महत र रमेश लेखक त्यस्तैगरि माओवादी केन्द्रका नेताद्दय उपप्रधानमन्त्री कृष्णबहादुर महरा र नेता वर्षमान पुन सहभागी बैठकले बैठकले एक्लै बहुमत नपुग्ने जिल्लामा जिससको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेको हो ।

यसैवीच काँग्रेसले आगामी आश्विन २ गते प्रदेश नं २ मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पनि आवश्यकताअनुसार माओवादी केन्द्रसँग चुनावी गर्ने नीति लिएको सम्वद्ध स्रोतले जनाएको छ । यसअघि सम्पन्न दुई चरणका स्थानीय तहको निर्वाचनमा पनि दुवै दलबीच कतिपय स्थानमा चुनावी तालमेल भएको थियो ।