शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं सहित ३१ जिल्लाका सिडिओको सरुवा

काठमाडौको सिडिओमा शर्मा

Microsoft Word - New Microsoft Office Word Document.docxकाठमाडौं श्रावण २६ , गृहमन्त्रालयले राप प्रथम श्रेणी र दोस्रो श्रेणीका गरि काठमाडौं सहित ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ ।  यसक्रममा गृहमन्त्रालयले काठमाडौमा प्रमुख जिल्ला अधिकारीमा केदारनाथ शर्मा लाइ जिम्मेवारी दिइएको छ । यसैगरी रुपन्देहीका सिडियो विनोद प्रकाश साहलाई पर्सामा, बागलुङ ऋषिराम तिवारीलाई झापामा, गृहमन्त्रालयका रामप्रसाद आचार्यलाई मोरङमा, मन्त्रालयकै श्याम प्रसाद भण्डारीलाई धादिङमा, बाबुराम श्रेष्ठलाई महोत्तरीमा, भागिरथ पाण्डेलाई सप्तरीमा, महेश आचार्यलाई धादिङबाट स्याङ्जामा , महोत्तरीका सिडिओ विरेन्द्र कुरमार यादवलाइ गहमन्त्रालयमा र सप्तरीका कामु सिडिओ कृष्ण बहादुर कटुवाललाई परिचय पत्र व्यवस्थापन केन्द्रमा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।

त्यस्तै, जनकराज पन्तलाई बाँकेको सहायक सिडिओबाट ओखलढुंगाको सिडिओमा, भुपेन्द्र थापालाई गृहमन्त्रालयबाट सोलुखुम्बुको सिडिओमा, कष्ण बहादुर घिमिरेलाई धनकुटाको सहायक सिडिओबाट प्युठानको सिडियोमा, गृहमन्त्रालयका लक्ष्मण विक्रम थापालाई दोलखाको सिडिओमा, गृहकै हिरादेवी पौडेललाई रसुवाको सिडिओमा, जनार्दन गौतमलाई दार्चुलाको सिडिओमा, कृष्णप्रसाद अधिकारीलाई म्याग्दीको सिडिओमा, अध्यागमन विभागका निर्देशक मोहन जिसीलाई ताप्लेजुङको सिडिओमा, यज्ञराज बोहोरालाई दोलखाको सिडिओबाट गृहमन्त्रालयमा, चोमेन्द्र न्यौपानेलाई रसुवाको सिडिओबाट धनकुटाको सहायक सिडिओमा र धर्मनन्द जोशीलाई बुझाङको सिडिओमा सरुवा गरेको मन्त्रालयले जनाएको छ ।

 थपसरुवा सूची हेर्न