शुक्रबार, चैत्र १६, २०८०

भारतीय विदेशमन्त्री स्वराज काठमाडौमा

काठमाडौं श्रावण २६,  शुक्रवारबार बाट राजधानीमा सुरु हुने बिम्स्टेकको १५ औं मन्त्रीस्तरीय बैठकमा सहभागि हुन भारतीय विदेशमन्त्री शुष्मा स्वराज आज sushma-swaraj_113012120331काठमाडौ आईपुगेकी छिन ।  विशेष विमानबाट काठमाडौ आएकी विदेशमन्त्री स्वराजले आजै नेपालका परराष्ट्रमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसहित शिर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भेटवार्ताको क्रममा विदेशमन्त्री स्वराजले प्रधानमन्त्रीसहित नेपाली नेताहरुसँग चीनसँग जारी डोक्लाम विवादको विषयमा समेत नेपालको अभिमतको सवालमा समेत विशेष कुराकानी गर्ने मनस्थितीमा रहेको समाचारस्रोतले जनाएको छ ।
समाचार स्रोतका अनुसार प्रस्तुत मुद्धामा चीनको पक्षमा नेपाल नलागोस भन्ने भारतको चाहना  रहेको र यदि  यस मुद्धामा नेपाल तटस्थ रहने हो भने त्यसको आधार समेत प्रष्ट पार्न विदेशमन्त्री स्वराजले आग्रह गर्ने बताएको छ ।