शनिबार, बैशाख १५, २०८१

२० जिल्लाका २४६ स्थानीय तहको मतगणना सकियो

काठमाडौ आषाढ १९,   गत आषाढ १४ गते सम्पन्न प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचन अन्र्तगत आज दिउँसो २३० बजेसम्म २४६ स्थानीय तहको मतगणना अर्थात  २० जिल्लाका स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ ।  पछिल्लो मतगणनाअनुसार, एमाले १०४, नेपाली काँग्रेस Election-Commission-Nepal९५, नेकपा ९माओवादी केन्द्र ३२, सङ्घीय समाजवादी फोरम छ, मधेसी जनअधिकार फोरम नेपाल चार, राप्रपा दुई र स्वतन्त्र उम्मेदवारले एक स्थानीय तहको प्रमुख/अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ  अव बाँकी १५ जिल्लाको निर्वाचन परिणाम घोषणा हुन बाँकी रहेको सयुक्त निर्वाचन परिचालन केन्द्रले जनाएको छ ।  समितिका अनुसार परिणाम घोषणा भएका जिल्लाहरुमा खोटाङ, तेह्रथुम, धनकुटा, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, रोल्पा, रुकुम, पाल्पा, गुल्मी, दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा, अछाम, अर्घाखाँची र डोटी रहेको थाहा भएको छ ।