शनिबार, बैशाख ८, २०८१

१ सय युवालाई अग्नी नियन्त्रण तालिम

पुष्करराज बुढाथोकी / भक्तपुर, आषाढ १९, 

जुद्घ बारुण यन्त्र कार्यालय भक्तपुरले कार्यालयका अग्नी नियन्त्रक कर्मचारी र स्थानीय युवाहरुको लागि एक हप्ते आधारभुत अग्नी नियन्त्रण तथा उद्घार सम्बन्धि तालिम प्रदान गरेको छ । कार्यालयका प्रमुख बिजयप्रसाद धौभडेलले सरकारी संयन्त्र सबै ठाउँमा भनेकै समयमा नपुग्ने अबस्था रहेको बर्तमान अबस्थामा स्थानीय IMG_9678 judda barunस्तरमा तालिम प्राप्त युवाले अग्नी नियन्त्रणमा महत्वपूर्ण भुमिका खेल्ने बिश्वास ब्यक्त गर्नुभयो ।

गत आषाढ १२ गतेदेखि सञ्चालित तालिमको समापन कार्यक्रममा सहभागी १ सय जना प्रशिक्षार्थीलाई प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै प्रजिअ पोखरेलले आर्थिक स्रोत र साधनको अभावका बाबजुद पनि जुद्घ बारुण यन्त्र कार्यालयले तालीम संचालन गरेर उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले प्रशिक्षार्थीले सिकेका सीप र ज्ञानलाई ब्यबहारमा उतार्ने बिश्वास ब्यक्त गर्नुभयो ।  जिल्ला समन्वय समितिका सचिब धु्रुबप्रसा�� कोईरालाले अग्नी नियन्त्रण कार्यबाट समाजमा युवाहरुले छबि र प्रतिष्ठा बढाउन सक्ने बताउँदै मानिसले जीवनभरमा कमाएको सम्पत्ती र धन निमेषभरमा नष्ट हुनबाट जोगाईदिनु ठूलो सेवा र धर्मको कार्य भएको उल्लेख गर्नुभयो ।तालीमका प्रमुख प्रशिक्षक अरुणकुमार आचार्यले अबको हरेक स्थानीय तहमा अग्नी नियन्त्रक चाहिने अबस्थामा तालिम प्राप्त ब्यक्तिहरुले त्यहाँ रोजगारीको अबसर प्राप्त गर्न सक्ने बताउनुभयो । तालिम संयोजक मधुसुदन थापाले अग्नी नियन्त्रणका लागि शहरका बस्तीमा छिर्न ठूला भन्दा पनि साना साधन आवश्यक रहेको बताउनुभयो ।

तालीममा प्रथम हुने गोपाल थापा र रेश्मी जोशीले तालिमले अग्नी नियन्त्रण गर्न सक्ने बिश्वास बढेको र आगलागीको प्रकार तथा क्षति नियन्त्रण र पीडितको उद्घार बारे नयाँ ज्ञान सिकेको बिचार ब्यक्त गर्नुभयो ।कार्यक्रममा १२ जना प्रशिक्षक र कार्यालयका ४ सहयोगी संस्थालाई सम्मानित गरिएको थियो ।  कार्यालय प्रमुख धौभडेलले बिगतमा पनि यस्ता तालिम संचालन गरिएको र आगामी दिनमा पनि संचालन गरिने बताउँदै कार्यालयमा संचार साधन र अल्ट्रालाईट भेहिकल आवश्यक रहेको उल्लेख गर्नुभयो ।सीमित स्रोत साधनका बाबजुद पनि कार्यालयले बेल्जियम लगायत बिभिन्न दाताहरुको सहयोगमा अग्नी नियन्त्रणको काम गर्दै आएको बताउनुभयो ।