शनिबार, बैशाख १५, २०८१

संविधान संशोधनका लागि सबै दल मिल्नुको विकल्प छैन:नेता केसी

काठमाडौ आषाढ १९, काँग्रेस नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सबै दल मिल्नुको विकल्प नभएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले Captureआज आयोजना गरेको अन्र्तक्रिया कार्यक्रलाइ सम्बोधन गर्दै नेता नेसीले सरकारले चाहेर मात्र संविधान संशोधन हुन नसक्ने जनाउ दिदै यसको लागि सवैदल एकै भूमध्यरेखामा अभिनुपर्ने आवश्यकता औल्याउँनु भएको छ ।  त्यस्तै उहाँले स्थानीय तहको निर्वाचनमा पार्टीभित्रको आन्तरिक कलहका कारण काँग्रेस दोस्रो स्थानमा सिमित हुनु परेको जिकिर गर्दै हुन पुगेको भन्दै निर्वाचनमा असहयोग गर्नेलाई कारबाही गर्दै संगठनलाइ चलायमान बनाउँनु पर्ने अभिव्यक्ति दिनु भएको छ ।

त्यस्तै कार्यक्रमका अर्का वक्ता नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले सम्पन्न स्थानीय तहको निर्वाचनले मुलुकमा जारी संविधान कार्यान्वयनको क्षेत्रमा नया अध्याय कोरिएको बताउँदै निर्वाचनले सङ्घीय गणतन्त्रको आधार बलियो बनाएको अभिमत प्रकाट गर्नु भएका थियो ।

त्यस्तै गरि माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले मधेसका समस्या समाधान र संविधान संशोधनका लागि सरकार प्रतिपक्षी दल पनि गम्भीर हुनुपर्ने बताउँदै गर्दा राजपाका नेता मनिष सुमनले राजपासँग सरकारले गरेका सम्झौता पुरा नगरे आफूहरू निर्वाचनमा नजाने पूर्व अडान दोहो¥याउँदै संविधान संशोधनका लागि सरकारले आँट गर्न नसकेको बताए ।