शुक्रबार, चैत्र १६, २०८०

आज हरिशयनी एकादशी, घर-घरमा तुलसी रोपी पूजाआजा सहित चतुर्मास व्रतको सुभारम्भ गर्दै

काठमाडौं आषाढ २०, आज असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी । आजबाट हिन्दू धमाम्लम्बीहरुले आ आफ्नो घर घरमा तुलसी रोपी पूजाआजा tulsi1सहित चतुर्मास व्रतको सुभारम्भ गर्ने गरिन्छ ।  धार्मिक दस्तावेजमा उल्लेख भएअनुसार आजको दिनबाट भगवान विष्णु चार महिनासम्म सयनमुद्रामा रहनु हुने भएकाले अषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मास भनिन्छ । हरिशयनी एकादशीका दिन भगवान विष्णुको प्रतिक तुलसी रोपेपछि पूण्य प्राप्त हुँने विस्वास गरिन्छ ।

त्यस्तै आषाढदेखि कात्तिकसम्म ‘चतुर्मास माहात्म्य’ पाठ गर्ने र कथा वाचन एवम् श्रवण गर्ने परम्परा छ । ज्येष्ठ शुक्ल एकादशीका दिन बीउ रोपी आजका दिन सारिएको तुलसीलाई छोरीका रुपमा घरमा हुर्काई बढाई हरिबोधिनी एकादशीका दिन दामोदर अर्थात् भगवान् विष्णुसँग विवाह गर्ने परम्परा रहेको धर्मवेत्ताहरुको भनाइ रहेको छ ।