शनिबार, बैशाख १५, २०८१

साल्ट ट्रेडिङका शेयर सदस्यलाइ ५ प्रतिशत नगद लाभास सहित २० प्रतिशत बोनस शेयर

काठमाडौ आषाढ २९ , ४ दशक भन्दा लामो समयअघि स्थापित साल्ट ट्रेडिङग कर्पोरेसन लिमिटेडको विहिवार सम्पन्न ५० औं वार्षिक साधारणसभाले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने नितिगत निर्णय गरेको छ ।

12968693_10204304029759580_1555846201_n-1उपभोक्तालाई नून, चिनी, चामल, दाल, गेडागुडी, ग्यासलगायत अन्य खाद्यान्न अनुदान तथा गैरअनुदानमा मल बिक्री वितरण गर्दै आएको कर्पोरेशनले भारतीय नाकाबन्दी र तराई आन्दोलनका वावजुद पनि २०७३ सालमा  रु छ अर्ब ८३ करोडको कारोबार गर्दै आव २०७२/७३ मा कर्पाेरेशनले  रु ६१ करोड २४ लाख मुनाफा आर्जन गर्नुको अलवा आव २०७३/७४ अन्र्तगत ज्येष्ठ मसान्तसम्म  रु ७ अर्ब ५६ करोड ४८ लाख बराबरको कारोबार गरेको गरेको सम्पन्न साभारण सभामा जानकारी दिईएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले साधारणसभालाइ सम्बोधन गर्दै पेट्रोल पम्प समेत सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको कर्पोरेशनले यसको लागि नेपाल आयल निगमसंग द्विपक्षीय सम्झौता समेत गरिसकेको जानकारी सहित बजारमा कर्पोरेशनसंग नून मौज्दात नभएको भन्ने सवालमा चलेको हल्ला केवल हल्ला मात्र भएको जनाउ दिदै तत्काल कर्पोरेशनसंग ३७ हजार ८४७ क्विन्टल नून मौज्दात रहेको र आसन्न दशैँ तिहारमा चिनीको अभाव हुन नदिन भारतबाट ५० हजार मेट्रिक टन चिनी आयातको व्यवस्था मिलाइसकिएको बताउँनु भएको छ ।