शनिबार, बैशाख १५, २०८१

जनचाहना अनुरुपका प्रभावकारी योजनाको पहिचान र त्यसको कार्यान्यन गर्न नेता सिंहको आग्रह

नागार्जुन नगरपालिकाले आव २०७४ र ७५ कालागि रु ६४ करोड ७२ लाख ९० हजारको बजेट सार्वजनिक,  प्रस्तुत बजेटले आशातित रुपमा नागार्जुन नगरपालिकाको  मुहार परिर्वर्तन गर्ने प्रमुख बस्नेतको  प्रतिवद्धता 

काठमाडौ आषाढ ३०,  नागार्जुन नगरपालिकाले आव २०७४ र ७५ कालागि रु ६४ करोड ७२ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ । नागार्जुन नगरपालिकाले आज आयोजित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रमका प्रमसख अतिथिी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कार्यक्रमलाइ Captureसम्बोधन गर्दै देशमा राजनीतिक स्थिरता कायम हुँदै गएकाले अब विकास गर्नका लागि प्रत्येक स्थानीय तहले जनताको चाहना र भावना अनुरुपका प्रभावकारी योजनाको पहिचान र त्यसको कार्यान्यन गर्नु पर्ने बनाउभएको छ ।  त्यस्तै सांसद ध्यानगोविन्द रञ्जितले नगरपालिकाका लागि छुट्याएको बजेटको सहि ढगङले परिचानलन गर्नु पर्नेमा जोड दिदै विकासको काममा विलम्व नगर्नन आग्रह गर्नु भएको थियो ।

त्यस्तैगरि नगरपालिकाका प्रमुख मोहन बस्नेतले विपन्न परिवारलाइ लक्षित गर्दै प्रस्तुत बजेटमा उनिहरुका लागि विशेष कार्यक्रम समावेस गरिएको जनाउ सहित प्रस्तुत बजेटले आशातितरुपमा नागार्जुन नगरपालिकाको मुहार परिर्वर्तन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो भने उपप्रमुख सुशीला अधिकारीले प्रस्तुत बजेट तथा नीति तथा कार्यक्रममा वातावरणमैत्री नगरपालिका निर्माण, फोहरमैला व्यवस्थापन, सडक सौर्यबत्ती जडानलगायत कार्यलाई उच्च प्राथमिकता दिइएको जनाउ दिनु भएको थियो । नगरपालिकाको चालु खर्च  रु २१ करोड ६९ लाख ९० हजार, पुँजीगत खर्च रु २३ करोड ५३ लाख, समपूरक कोष रु चार करोड ५० लाख र नपा तथा वडाका भवन निर्माणतर्फ रु १५ करोड बजेट रहेको कार्यक्रममा जानकारी दिईएको थियो ।