शुक्रबार, बैशाख १४, २०८१

काँग्रेस नेता जोशीको निधन

काठमाडौ आषाढ २९ , नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री रामहरि जोशीको आज साँझ ९३ वर्षको उमेरमा निधन भएको छ । दम र निमोनियाबाट पिडित नेता Captureजोशीको आज साँझ ७ः३० बजे ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएका हो । नेता जोशी विसं २०४८ को गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्थ्यो ।
विसं १९८३ मा सर्लाहीमा जन्मनुभएका नेता जोशीको शुक्रबार बिहान आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।