शनिबार, बैशाख १५, २०८१

व्यापारी श्रेष्ठका अपहरण पछि हत्या गर्ने गिरोहका मुख्य योजनाकार पक्राउ

काठमाडौ आषाढ २७,  महानगरीय अपराध महाशाखा, टेकुको विशेष टोलीले २६ गते ५३ वर्षीय व्यापारी राजकुमार श्रेष्ठलाई गत अपहरण गरी सल्यान, छत्रेश्वरी pakrawगाउँपालिका–४ स्थित झिम्पे रेन्ज जङ्गलमा लगेर हत्या गरेको घटनाका मुख्य योजनाकार ३० वर्षीय खुमबहादुर केसीलाई पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार व्यापारी राजकुमार हत्या प्रकरणमा संलग्न रहेका हत्याका मुख्य योजनाकार केसी पक्राउ परे पनि घटनामा संलग्न रहेर हाल फरार रहेका अन्य ७ जनाको खोजी भइरहेको जनाएको छ। यसअघि प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा तुलसीपुर–१२ का २५ वर्षीय अवीरल महतरा, दाङ घोराही उपमहानगरपालिका–१४ नयाँ बजारकी ३८ वर्षीया जमा पुन, तुलसीपुर उपमहानगरपालिका–६, का २३ वर्षीय रुगत थापा मगर र रोल्पा जम्कोट १ घर भई हाल घोराही उपमहानगरपालिका–४ बस्दै आएका ४० वर्षीय मनबहादुर पुनलाई पक्राउ गरिसकेको छ ।