शनिबार, बैशाख १५, २०८१

विश्व हिन्दु महासंङघद्दारा हिंसात्मक घटनाको भत्र्सना

19970917_1706868582948944_2079273737_nकाठमाडौ आषाढ २७ , भारतको अमरनाथमा मेला भर्न गएका हिन्दु  तिर्थयात्री माथि आतंककारीहरु द्वारा गरिएको  हिंसात्मक  आक्रमणको दु :खद् घटना प्रति विश्वहिन्दु महासंङघ  अन्तर्राष्ट्रियले आफ्नो   गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको घोर भत्र्सना गरेको छ।

तिर्थयात्री माथि भएको यस्तो अमानवीय र हिंसात्मक निन्दनीय घटनाको निन्दा गर्दै महासंङघका अध्यक्ष एवम  मार्गदर्शक  जनरल भरत केशर सिंहद्दारा  आज जारी विज्ञप्तिमा प्रस्तुत घटनामा संल्ग्न आततायी विरुद्ध कडा कार्वाहीको माग गर्दै आक्रमणका क्रममा मारिएका निर्दोष हिन्दु धर्मावलम्बीहरुको आत्माको चिर शान्तिको कामना गर्दै    घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको  सहित शोकाकुल परिवारजन प्रति समवेदना व्यक्त गरेको छ ।