शुक्रबार, बैशाख ७, २०८१

संविधान संशोधनको प्रक्रिया स्थानीय तहको तेस्रो चरणको चुनाव पछिमात्र

आगामी आइतबारसम्म मन्त्रीमण्डल विस्तार  हुँने , संविधान संशोधन वाहेकका तत्कालाइ राजपाको  सवै माग पुरा गर्ने सरकारको तयारी  

काठमाडौं आषाढ २८, सरकारले बहुचर्चित संविधान संशोधनको प्रक्रियालाइ आगामी आश्विन २ गते हुँने स्थानीय तहको तेस्रो चरणको चुनाव पछिमात्र सुरु गर्ने भएको छ ।  यसअघि राष्ट्रिय जनता पार्टीको मागलाइ सम्बोधन गर्दै संशोधन प्रत्रिया अगाडि बढाउँन खोजेको देउवा सरकारले प्रमुख प्रतिपक्षीदल एमालेका दवाव Nepal_consitisuion_476584254कारण पछि हट्न लागेको हो ।

तत्काललाइ आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को चुनाव अघि संविधान संशोधन नगरेसम्म चुनावमा नजाने अडान लिइरहेको राजपालाइ  चुनाव चिन्ह दिने, आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गरेर क्षतिपुर्ति दिने लगायतका माग पूरा गरेर चुनावमा सहभागि गराउने र तेस्रो चरणको निर्वाचन पछि संविधान संशोधनको प्रक्रिया सुरु गर्ने लक्ष्य सरकाले बनाएको छ ।  यसवीचमा प्रतिपक्ष दल एमालेलाइ एमालेलाई चिढ्याएर संविधान संशोन गर्दा आगामी चुनावमा झन नराम्रो प्रभाव पर्ने आशंका गर्दै कांग्रेसका सभापति समेत रहेका प्रम देउवाले यस्तो निति अख्तियार गरेको हो ।

यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आइतबारसम्म मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् । मन्त्रीमण्डल विस्तारका लागि देउवाले पार्टीभित्रको आन्तरिक विवाद मिलाउने प्रयास गर्ने बताइएको छ । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्कासँग छलफल गरेर मन्त्रीको टुङ्गो लगाउने गृहकार्यमा देउवा लागेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सरकारमा सहभागि गराउनका लागि कमल थापासँग पनि छलफल गर्ने तयारी देउवाको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु