शुक्रबार, बैशाख १४, २०८१

महिला पत्रकारहरुको संख्या बृद्धि महासंघ गम्भीर: अध्यक्ष डा.विष्ट

 काठमाडौं श्रावण  ४ ,  नेपाल पत्रकार महासंघले एफएचआइ ३६० सँगको सहकार्यमा एकदिने पत्रकार महिलाहरुको अवस्था र भूमिका विषयक अन्तरक्रिया IMG_20170719_135050_HDRसम्पन्न गरेको छ ।  अन्र्तक्रियामा महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले महासंघको विधान पुर्नसंरचनाले महिला पत्रकारहरुको संख्या बृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै पत्रकार महिलाको संख्या बढिभन्दा बढी होस भनेर पत्रकार महिलाका विषमा महासंघ गम्भीर रहेको जनाउ दिनु भएको छ । त्यस्तै कार्यक्रममा महासंघका उपाध्यक्ष अनिता बिन्दुले महासंघमा २०६३ सालदेखि हालसम्मको पत्रकार महिलाहरुको प्रारम्भिक तथ्याङ्कक प्रस्तुत गर्दै २०६३ यता महासंघको कुल सदस्य संख्या ५ हजार ३५ मध्ये पत्रकार महिलाको संख्या ४ सय ३० रहेकोमा अहिले २०७४मा महासंघको कुल सदस्य संख्या १२ हजार ७ सय ८४ जनामध्ये पत्रकार महिलाको संख्या २ हजार २ सय ४७ रहेको जानकारी दिनु भएको थियो ।

त्यस्तै सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेतले सञ्चार गृहमा पत्रकार महिलाको सहभागिता आवश्यक रहेको बताउँदै पत्रकार महिलाका सुरक्षामा सबै पक्षले ध्यान दिनपर्नेमा जोड दिनुभएको उक्त कार्यक्रममा महासचिव उजिर मगरले न्यूजरुम तथा सञ्चारगृहको माथिल्लो निकायहरुमा पत्रकार महिलाहरुको सहभागिता र महिला मैत्री वातावरण बनाउन आवश्यक रहेको बताउनु भएको थियो । कार्यक्रममा यशोदा अधिकारी, अछामका पत्रकार मेनुका ढुंगाना, तृष्णा पौडेल पार्वता चौधरी, उजेरा ढकाल सिता पोखरेल, रञ्जना श्रेष्ठ कल्पना आर्चाय, रमिता लामा लगायताका सहभागी पत्रकारहरुले कार्य स्थलमा कार्यरत रहँदाको अनुभव राख्नु भएको थियो ।