बिहिबार, बैशाख १३, २०८१

सुनियोजित आक्रमणमा संलग्न दोषीलाई तत्काल कार्वाहीको माग

काठमाडौं  आषाढ ३०, नेपाल प्रेस युयले युनियन बाजुरा शाखाका अध्यक्ष तथा नेपाल पत्रकार महांसंघ बाजुरा शाखाका पुर्व उपाध्यक्ष छक्क बहादुर मल्ल माथि विहिवार दिउँसो सदरमुकाम मार्तडीबाट घर फर्किने क्रममा केही अज्ञात व्यक्तीको समुहले गरेको सुनियोजित आक्रमणको नेपाल प्रेस युनियन भत्सर्ना गरेको
छ ।  युनियनका महासचिव अजयबाबु शिवाकोटीद्दारा जारी विज्ञप्तिमा मल्ललाई लखेटी लखेटी गरिएको सांघातिक आक्रमण गरेको र आक्रमणबाट मल्लको press-realese-2074-3-30टाउको र शरीरका विभिन्न भागमा गम्भिर चोट लागेको उल्लेख गरिएको छ ।

त्यस्तै आक्रमणको समयमा मल्लसँगै रहेका बुढीनन्दा नगरपालिकाका कार्यकारी अधिकृत चन्द्रबहादुर शाही ,सोही नगरपालिकाका कर्मचारी पदमबहादुर विष्ट, रुद्र मल्ल, मनलाल बडुवाल लगायतका बटुवा घाइते भएको जनाउँदै आपराधिक उद्धेश्यका साथ भएको आक्रमणको घटनामा जोसुकै संलग्न भएपनि तत्काल छानविन गरि कार्वाहीको दायरामा ल्याउन युनियन स्थानिय वाजुरा प्रसासनसँग जोडदार माग गरेको छ ।

स्थानिय तहको निर्वाचन पछि वाजुरामा देखिएको केहि गैरराजनीतिक प्रवृतीकै निरन्तरताको रुपमा यो घटना भएको हाम्रो ठहर छ। केही दिन अगाडि छेडेदह गाउँपालिकाबाट समाचार संकलन गरी मार्तडी फर्कने क्रममा पत्रकार देबेन्द्र नाथलाई ढुंगा प्रहार गरी आक्रमण गरेको घटनाका दोषीलाई कारवाही नहुँदै हप्तादिन पछि नै गरिएको आक्रमणका घटनाले बाजुराका पत्रकार, नागरिक, कर्मचारी सबैमा डरको मनोविज्ञान सिर्जना समेत गर्न खोजिएको छ। स्वतन्त्र रुपमा आवागमन गर्न पाउने नागरिकको नैसर्गिक अधिकारको हनन गर्दै सञ्चार माध्ययमा कार्यरत पत्रकारमाथि भएको यो आक्रमण गर्ने प्रवृतीको अन्त्यका लागि समेत वाजुराको प्रसासनले तत्काल आफ्नो कार्वाही प्रक्रिया अघी बढाई दोषीलाई कार्वाही गर्न विज्ञप्ती मार्फत माग गर्र्दै अन्यथा नेपाल प्रेस युनियन यस प्रकरणलाई लिएर आन्दोलित हुने चेतावनी पनि दिन दिएको छ ।