बुधबार, बैशाख १२, २०८१

पत्रकार मल्लमाथिको झुटा मुद्दा खारेज गर्न माग,महासंघद्दारा मिसनटोली परिचालित

काठमाडौं श्रावण ८, नेपाल प्रेस युनियनले युनियन बाजुराका अध्यक्ष छक्क मल्ललाई प्रहरीले घटनाको गहिराइमा नपुगी नियन्त्रण लिएको भनी दुःख व्यक्त गरेको छ ।  युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज विज्ञप्ति जारी विज्ञप्तिमा राजनीतिक प्रतिशोध साँधी नेकपा एमालेका कार्यकर्ताले झुठा मुद्दा दायर गरी प्रहरीलाई नियन्त्रणमा लिन लगाएको तथा ३ साताअघि छेडेदह गाउँ���ालिकाबाट समाचार संकलन गरी सदरमुकाम मार्तडी फर्कने क्रममा उनीमाथि आक्रमण भएको आरोप लगाइएको छ ।  त्यस्तै विज्ञप्तिमा स्वतन्त्र रुपमा आवागमन गर्न पाउने नागरिकको नैसर्गिक अधिकारको हनन गर्दै सञ्चार माध्ययमा कार्यरत press-realese-2074-4-8पत्रकारमाथि भएको यो आक्रमण र षडयन्त्रको जति निन्दा गरेपनि कमै हुन्छ भन्दै युनियनले घाइते मल्लको उचित उपचारको आवश्यक व्यवस्था मिलाउनाका साथै उहाँमाथि लगाइएका झुठा मुद्दा खारेज गर्न स्थानीय प्रशासनसमक्ष माग समेत  गरेको छ ।

 यसैवीच नेपाल पत्रकार महासंघले पनि महासंघ बाजुराका पूर्व उपाध्यक्ष तथा ईमेज च्यानल टेलिभिजनका जिल्ला संवाददाता छक्क मल्ललाई प्रहरीले पक्राउ गरेको घटना एबं सो विषयमा सार्वजनिक विभिन्न भनाइहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  महासंघका महामचिव उजिर मगरद्दाराद्दारा जारी विज्ञप्तिमा बाजुराको स्थलगत भ्रमणसमेत गरी यी सबै विषयलाई गम्भीरतापूर्वक अध्ययन गर्न, उत्पन्न समस्यालाई सकेसम्म स्थानीय तहमै समाधान गर्न र यसमा महासंघ केन्द्रले गर्नुपर्ने विषयमा केन्द्रलाई सुझावसमेत दिन महासंघ केन्द्रीय सदस्य तथा क्षेत्रीय संयोजक प्रकाशविक्रम शाहको संयोजकत्वमा मिसन टोली गठन गरिएको जनाउँदै महासंघले उक्त मिसनलाई घटनाको बारेमा सत्यतथ्य बुझ्न र समस्याको समाधान गर्न आवश्यक सहयोग गर्नुहुन महासंघ सम्बद्ध सवैमा आग्रह समेत गरेको छ ।