शुक्रबार, बैशाख १४, २०८१

बाथ रोग नेपाली समाजमा एक विकराल समस्याको रुपमा मौलाउँदै

  • रोगको आक्रमणबाट बच्नका लागि ड्रिमको अवधारणा कार्यान्यन गर्नु पर्नेमा सरकोकारवाला विज्ञहरुको जोड

काठमाडौं श्रावण १४ , नेपालको कुल जनसंख्याको करिब १० प्रतिशत अर्थात ३० लाख मानिसमा कुनै न कुनै प्रकारको बाथ रोग भएको अनुमान सहित समयमानै 20496456_10207272699374465_2129280719_n20471906_10207272699254462_1373202524_n20464605_10207272699414466_1824295165_nयसको उपचार नगरिए शारिरीक अंगभंग हुनुका साथै ज्यानै जान सक्ने जोखिम वोकेको यस रोगका बारेमा थप जनचेतना जारी गर्ने लक्ष्य सहित आज राजधानीमा बाथ रोग मैत्री समाज र बाथरोग सम्बन्धी उपचारमा क्रियाशील विज्ञ चिकित्सकको साझा संस्था -युमटोलोजी सोसाइटीको संयुक्त आयोजनामा बाथ रोग सम्बन्धी अभियानको विधिवत सुभारम्भ गरिएको छ ।

कार्यक्रममा अभियानको मुल लक्ष्य भनेको आम मानिसमा बाथ रोगको चेतना फैलाउँदै विरामी र परिवारजनलाइ बाथ रोगको उपचार तथा व्यवस्थापन प्रक्रियावारे सूसूतिच गर्दै मुलुकको गुणात्मक स्वास्थ्य स्तर र उत्पादनशिलतामा टेवा प्रदान गर्नु रहेको जानकारी दिईएको छ ।   त्यस्तै कार्यक्रममा सरकारले यस्तो जटिल प्रकारको रोगका लागि स्वास्थ्यकर्मीलाई तालिम र शिक्षा दिने वातावरण नबनाउने हो भने अबकोे केही वर्षमा स्थिती भयावह हुने विशेषज्ञ चिकित्सकको अनुमान अभिव्यक्त गरिएको उक्त कार्यक्रमका प्रमुख वक्ता डा. विनोदमान श्रेष्ठले कार्यक्रमलाइ सम्बोधन गर्दै बाथ रोग मात्र नभएर कुनैपनि रोगको आक्रमणबाट बच्नका लागि ड्रिमको अवधारणा कार्यान्वयन गर्नुपर्ने बताउँनु भएको छ ।

ड्रिम अर्थात  DREAM  

D =डाइट , डिङक,  र ड्रगको  प्रयोगमा सचेत हुँदै   यसको  सहि प्रयोग गर्न  सक्नु पर्नेमा उहाँको  जोड रहेको  थियो । 

R =मानविय जिवनमा आरामको महत्वलाइ बुझ्दै आवश्यकता अनुरुपको रेस्ट गर्नु । 

E=एक्सरसाइज अर्थात नियमित व्यायाम गर्नु । 

A=एतिच्युड आफ्नो सोच, आनीवानीमा परिवर्तन गर्नु । 

M=  म्युजिक  लगायतका प्रविधीको मदतबाट मानसिक तनाव लगायतका थकान लगायतको व्यवस्थापन गर्नु रहेको बताउँनु भएको छ ।  साथै उहाँले मुटु रोग, क्यान्सर र मृगौला लगायतका रोगको सरकारले नि:शुल्क उपचार पद्धति अवलम्वन गरे जस्तै बाथ रोगको पनि नि: शुल्क गर्नका लागि आवश्यक पहल थालिने जानकारी दिनु भएको थियो।   कार्यक्रममा  बाथरोग विज्ञ डा अरुण गुप्ता लगायतका चिकित्सकहरुले   बाथ रोग यसको  उपचारका  लागि  उपनाइनुपर्ने  सचेतनाका विषयमा जानकारी दिनु भएको  थियो ।

केहो बाथ रोग ?  : बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गर��र हुने रोग भन्ने बुझिन्छ। बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन्। तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुनिनु हो।  सयभन्दा बढी प्रकारका बाथ रोगहरूमध्ये गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस सबैभन्दा धेरै देखिने बाथ हो। गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ। बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ।

लक्षणहरूः हातखुट्टाका जोर्नी दुख्ने, सुनिने तथा बिहानीपख अररो हुने यसका प्रमुख लक्षण हुन्। यति मात्र नभई यसले ज्वरो आउने, आलस्य हुने, चाँडै थाक्ने तथा गल्नेजस्ता लक्षण पनि देखाउन सक्छ । छालामा निको नहुने घाउ आउने, आँखा रातो हुने तथा दुख्ने, फोक्सो जाली पर्ने र स्वाँस्वाँ आउने, फोक्सोबाहिर पानी जम्ने यसका अरू लक्षण रहेको सरोकारवाला एवम् विज्ञ चिकित्सकहरुले जानकारी दिएका छन । जुन रोग अहिले नेपाली समाजमा एक विकराल समस्याको रुपमा मौलाउँदै गएको छ । अप्राकृतिक जिवनशैली, श्रम गर्ने संस्कारको कमी र खानपानमा ध्यान नदिँदा आजभोली बाथ रोगीको सङख्या बढदै गएको अभिमत सहित बाथरोगको शुरुवाती चरणमा त्यति कष्ट नदिए पनि च्याप्दै गएपछी भने यसले धेरै दुःख दिने विज्ञहरुको भनाई रहेको छ ।  त्यसअर्थमा पनि अन्य रोग भन्दा फकर प्रकृतिको यो रोगको निदानका लागी सुरुवाती अवस्थामै आवश्यक उपचार गरिहाल्नुपर्ने बताउँदै नेपालका प्रत्येक एक सय मान्छेहरुमा  व्यक्ति यो रोगबाट प्रभावित हुने गरेको दावी गरेका छन ।