बिहिबार, बैशाख १३, २०८१

आज श्रावण १५, शरीरलाई निरोगी एवम् उर्जामय वनाउँन् आज घरघरमा खीर खाँदै

काठमाडौ श्रावण १५,  आज श्रावण १५ अर्थात आज आम नेपालीको घरघरमा इस्टमित्र र चेलीबेटीलाई बोलाएर खुसियालीका साथ खिर खाएर रमाईलो गरि Captureमनाइँदै छ । कला संस्कृतिका धनी नेपाली समाजमा आषाढ १५ मा दहि चिउरा खाने चलन भएजस्तै ठिक १ महिना पछि आज श्रावण १५ गते खीर खाने प्रचलनरहिआएको हो ।

त्यसो त आज खीर खाने प्रचलन अन्र्तगत मुलत श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँसहरु प्रशस्त हुने गर्दछन् जसलार्इ लैनो गाई तथा भैंसीहरुले अत्यन्त मन पराउने गर्दछन् जसका कारण प्रशस्त दूध पनि दिने गर्दछन् । दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गति पर्नुको अलावा वर्खायामको झरीमा भिजेको मानव शरीरलाई निरोगी बनाउन तथा उर्जामय वनाउँन् खीर खाने गरिएको जानकारहरुले बताएका छन ।