शनिबार, बैशाख १५, २०८१

बाँच्नु नै छ यदि भने, बाँच नेपाली भै.. जी.शाह

(७१ औं शुभजन्मोत्सव सन्दर्भ )

काठमाडौ आषाढ २१ ,  हिमाल , समुद्र, खहरे र मरुभूमिहरुमा प्रेम , आत्मियता र राष्ट्रियता खोज्दै गीत लेख्ने राजा ! हिमालको टाकुरामा स्वाभिमान खोज्ने राजा ,भूकम्प पछिका पराकम्पहरु जस्तै राजनीतिक परकम्पहरु मुलुकमा निरन्तर गईरहदा राजालाई देश दुखेको अनुभुती उहाँकै गीतका उद्गारहरुले बोलेका छन् –

20150722_anup_1बाँच्नु नै छ यदि भने, बाँच नेपाली भै
बोल्नु नै छ यदि भने, बोल नेपाली नै …गीतकार जी. शाह

जी. शाह, पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहको साहित्य नाम होे।नेपाली साहित्यको गीति क्षेत्रका शिखर ब्यक्तित्वका रुपमा उहाँलाई चिनिन्छ । बिशेषत गीत लेखनमा रुचि राख्नु हुने जी।शाहका गजल र कविताहरु पनि प्रकाशित छन् । २०३१ सालमा  हे युवा तिमी हौ देशको शक्ति , पहिलो रचना प्रकाशित भएपछि २०४२ साल भदौमा श्री ५ को सरकार संचार मन्त्रालय ,सूचना बिभागले  जी. शाहका गीतको पर्यावलोकन  नामको गीति संग्रह भिम खरेलको सम्पादनमा प्रकाशनमा ल्याएको थियो । तथापि अहिलेको युवा पुस्ता संग उहाका रचनाहरु पुग्न सकेका छैनन् ।

रोएर जन्मने सब, हाँसेर मर्न सिक
मन लिनेलाई मन , हाँसेर दिन सिक
अनुभवको पथ यो, जिन्दगी छ भन्नु
त्यसमा सदैव दिल, खोलेर बाँच्न सिक…जी. शाह

मुलुकमा आएको राजनीतिक परिवर्तन पछि उहाँका अजर अमर गीतहरु विरलै मात्र संचारमाध्यमहरुमा सुनिन्छ । उहाँका गीतहरुमा प्रकृति र प्रेमका आत्मिय भावहरु पोखिएका हुनाले जीवनको मर्मलाई औधि राम्रोसँग वर्णन गरेको पाईन्छ भने राष्ट्रभक्ति र देश प्रेमको आशक्ति पनि उत्तिकै बेजोड पाईन्छ ।गीत लेखनमा साथै संगीतमा समेत विशेष रुचि राख्नु हुने जी। शाहका आफ्नै संगीतमा समेत गीतहरु रेकर्ड भएका छन् ।  सुख र दुस्खको समिश्रण नै सिंगो जीवन हो भन्ने भावना राख्नु हुने उहाँको रचनामा निराशामा होईन आशामा बांच्नु पर्छ भन्ने मान्यता पाईन्छ ।  अजर अमर कालजयि गीतहरुका सर्जक जी।शाहका रचनाहरुमा लोक प्रिय गायकहरु योगेश बैध्य , बच्चु कैलाश , पुष्प नेपाली , शिव शंकर, प्रकाश श्रेष्ठ , सत्यनारायण राजवंशी ,  प्रधान , सूर्य थुलुङ, नातिकाजि , फत्तेमान र उदितनारायण झाले स्वर दिएका छन् भने जी।शाह ,शम्भूजीत बासकोटा , शिव शंकर र दीपक खरेलको संगीत रहेको छ ।

 प्रस्तुति:  अस्मिता भण्डारी