बिहिबार, बैशाख १३, २०८१

३३४ मध्ये ३ सय स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौ आषाढ २१ , गत आाषढ १४ गते सम्पन्न प्रदेश न १,५ र ७ अन्र्तगतका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये अहिलेसम्म ३ सय स्थानीय तहको मत nirbachan2परिणाम सार्वजनिक भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार पछिल्लो पटक सार्वजनिक चुनावी नतिजा अनुसार नेकपा एमालेले अहिलेसम्म १ सय ३२ स्थानीय तहमा त्यस्तै गरि काँग्रेसले १ सय १२ स्थानीय तहमा र नेकपा माओवादी केन्द्रले  ३६ स्थानीय तहमा विजयी प्राप्त गरेका छन । त्यस्तै संघीय समाजवादी फोरमले ६ सिट फोरम लोकतान्त्रिकले पनि ६ सिट राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट , राष्ट्रिय जनमोर्चा २ र दुई जना स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् ।

अब बाँकी ३४ क्षेत्रको परिणाम आउन बाँकी रहेको छ । परिणाम आउँन बाकी रहेको ३४ स्थानीय तहको प्रासिम्भक परिणम अनुसार एमालेले २० स्थानमा कांग्रेस ८ स्थानमा र माओवादी केन्द्र १ स्थानमा आफ्नो अग्रता कायम गरेको छ भने अन्य दल र स्वतन्त्र उम्मेदवार ५ स्थानमा अगाडि रहेको प्रासिम्भक आकंडा सार्वजनिक भएका छन् । ।