शुक्रबार, बैशाख १४, २०८१

पूर्वराजा शाहको स्वास्थ्यमा सन्तोषजनक सुधार , नर्भिकबाट भए डिस्चार्ज

raja_Gyanendra-1काठमाडौ श्रावण ६ , पुर्व राजा ज्ञानेन्द्र शाह आज उपचारपछि डिस्चार्ज हुनु भएको छ । गत श्रावण ४ गते उहाँको नियमित  चेकचाँजको क्रमम मुटुमा केहि समस्या देखिएका कारण नर्भिक अस्पताल भर्ना हुनु भएको थियो ।
Captureउपचारको क्रमम पूर्व राजा शाहको एनजीओग्राम गर्दा नसाको भल्वमा समस्या देखिएपछि नर��भिक इन्टरनेशनल हस्पिटलमा उहाँको सफलतापूर्वक एन्जियोप्लाष्टी गरिएको थियो । उहाँको  नर्भिकका मुटुरोग विशेषज्ञ डा. यादव भट्ट र निजी चिकित्सक डा। किशोरजंग राणा लगायतका टिम संलग्न रहनु भएको थियो ।

त्यस्तै अहिले ३ वजे मुटुरोग विशेषज्ञ डा यादव भट्ट र पारिवारिक चिकित्सक डा.किशोरजङ्ग राणाको सल्लाहअनुसार स्वास्थ्यमा सन्तोषजनक सुधार देखिएको हुँदा उहाँलाइ डिस्चार्ज गरिएको विज्ञप्तीमा उल्लेख छ ।  त्यस्तै विज्ञप्तिमा उपचारको क्रममा संलग्न नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सक, कर्मचारी, व्यवस्थापन एवम् सरोकारवाला सबैप्रति आभार व्यक्त गर्दै उहाँले  शीघ्र स्वास्थ्य लाभको कामना गरी आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने तथा देश विदेशका सबै शुभेच्छुकहरूलाई समेत धन्यवाद बक्सेको छ ।