बुधबार, बैशाख १२, २०८१

राप्रपा नेता दिल विकासले मागे ४ करोड छ लाख अविलम्ब फिर्ता

अध्यक्ष कमल थापासंग भएको भद्र समझदारी कार्यान्वयन नभएको जिकिर

काठमाडौं श्रावण ६ , राप्रपाको एकिकरण पश्चात सम्पन्न एकता महाधिवेशन पछि बसेको यो दोस्रो केन्द्रिय सदस्यको पूर्ण बैठकमा राप्रपा  नेता दिल विकास raprapa adhivasan 2074 (1)-1raprapa adhivasan 2074 (1)-2राजभण्डारीले  नेता भण्डारीले पार्टीलाइ   हरसंभव सहयोग गर्दा पनि  आफ्नो मूल्याकंन   नभएको जनाउ सहित तिव्र आक्रोस व्यक्त गरेको थाहा भएको छ ।

त्यस्तै नेता भण्डारीले आक्रोशित मुद्धामा बैठकमा वितरण गर्नु भएको विस्तृत विवरण पत्रमा पार्टी कार्यालय “शशिकला स्मृति भवन” बनाउन अध्यक्ष श्री कमल थापासंग भएको भद्र समझदारी बमोजिम भवन बनाउने कार्य सम्पन्न भएपनि अध्यक्ष थापा राजभण्डारीको छोरा अनिल राजभण्डारी विच भएको भद्र सहमति अझै सम्म पुरा हुन नभएकोमा रोष प्रकट गर्नु भएको छ ।

त्यस्तै भवन बनाउँन ६५०० वर्गफिटकोभवन निर्माणको लागि २ करोड ५९ लाख रुपैया त्यस्तै कार्यालयका विभिन्न कोठा आल्मुनियम पार्टेशन गर्न भनि २३लाख रुपैया खर्च लागेको छ । तर हाल सम्म मैले ३० लाख मात्र भुक्तानी पाएको छु । बाकी रकम अहिले सम्म नपाएको जिकिर गर्नु भएको छ ।
विवरण पत्रमा नेता भण्डारीले   उक्त रकम महालक्ष्मी फाइनान्सबाट ऋणलिई खर्च गरेको जनाउ दिदै हालसम्म आफुले सो ऋणको साँवा र व्याज समेत तिर्दै आएको  तर मैले सो खर्चको साँवा मात्रपनि पार्टीबाट भुक्तानी  नपाएको भन्दै आक्रोस व्यक्त गरेको हो ।  

त्यस्तै २०७० सालको आम निवार्चनमा पार्टीले म लगाएत अन्य साथीबाट लिएको १करोड ५३ लाख अझैसम्म फिर्ता नगरेको र हालसम्म हिसाव गर्दा चार करोड ६ लाख लिन बाँकी रहेको छ । सो रकम अभिलम्ब फिर्ता होस भन्ने माग गरेका छन । साथै नेता भण्डारीले यसअघि पार्टीलाई २०औं लाख चन्दा सहयोग,पार्टी संगठनका लागि दिएको खर्च, लाखौ अनुदान र पार्टी संगठनका निम्ति ५०औ लाख बरावरको गाडी किनेको खर्चेमा भने कुनै मागदावी नगरेको बताएको छ ।