शनिबार, बैशाख १५, २०८१

झापाका फोटो पत्रकारहरु संगठित

झापा आषाढ २६ ,   आमसञ्चार पत्रकारितामा निरन्तर रुपमा झापामा रहेर फोटो पत्रकारितामा गर्दै आएका कृक्रियाशील फोटो पत्रकारहरु संगठित भएका छन । _MG_0099उनिहरु राष्टिय फोटो पत्रकार समुह झापा शाखा गठन गर्दै संगठित भएको हो ।

नेत्र विमलीको संयोजकत्वमा सोमबार विर्तामोडमा विर्तामोड नगरपालिकाका मेयर ध्रुब शिवाकोटीको प्रमुख आतिथ्यता एवम उपमेयर पवित्रा खरेलको विषेश आतिथ्यतामा आयोजित एक कार्यक्रमकावीच गठन गरिएको उक्त शाखाका अध्यक्ष नविन उप्रेती, उपाध्यक्ष कमलप्रसाद पाण्डे सचिवमा ईन्द्रजित मुखिया र कोषाध्यक्षमा शरद जोशी, सहसचिवमा प्रकृति न्यौपाने त्यस्तैगरि सदस्यहरुमा भारती राई, सागर खरेल, धर्मराज प्रसाई चयन भएका छन भने सल्लाहकारका मिनप्रकास उप्रेती र टिकाराम उप्रेती चयन भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै राष्टिय फोटो पत्रकार समुहका केन्द्रीय अध्यक्ष ध्रुव आले, सचिव प्रदीपराज वन्त, केन्दिय प्रतिनिधीहरु सागर श्रेष्ठ, हरिप्रसाद रेग्मीको उपस्थिती रहेको थियो । अध्यक्ष आलेले फोटो पत्रकारिताको औचित्य माथी प्रकास पार्दै नव गठित समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको उक्त कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, हाम्रो नेपाल सहकारीका अध्यक्ष भानु दंगाल, विदेशी फोटो पत्रकार डेविड सिरोन, प्रेस सेन्टर झापाका अध्यक्ष टिकाराम उप्रेती, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाई लगायतले पनि शुभकामा व्यक्त गर्नु भएको थियो ।