बिहिबार, बैशाख १३, २०८१

बालबालिकाका सवालमा कलम चलाउने पत्रकारलाई बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार

काठमाडौं आषाढ २३,  नेपाल पत्रकार महासंघले केन्द्रीय बालकल्याण समितिसँग सहकार्यमा आज बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार एक औपचारिक DSCF6184कार्यक्रमका बीच महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव खगराज बराल र महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले वितरण गर्नुभएको छ ।

जनही २५ हजार रुपैया राशीको उक्त पुरस्कार उपत्यका र मोफसलका रेडियो, छापा र टेलिभिजनमाध्यम गरी ९ जना पत्रकारलाई प्रदान गरिएको हो । पुरस्कृत पत्रकारहरुमा छापा माध्यमतर्फ रामकला खड्का (उपत्यका—अन्नपूर्ण पोष्ट, काठमाडौं), मुकेश पोखरेल (मोफसल–हिमाल खबर पत्रिका, रुपन्देही), टेलिभिजनतर्फ उपत्यकाबाट सलिना उप्रेति र संस्कृति चालिसे (नयाँ पुस्ता) लाई संयुक्त र कृष्ण अधिकारी (मोफसल, नेपाल टेलिभिजन) लाई प्रदान गरिएको थियो भने रेडियो पत्रकारितार्फत लक्ष्मी बस्नेत (उपत्यका–सामुदायिक सूचना नेटवर्क), चिरञ्जिवी तिमल्सिना (सुमन सुस्केरा) (मोफसल—स्काइ एफएम, विराटनगर) र कार्यक्रम सञ्चालकतर्फ रुपा शर्मा (उपत्यका—मेट्रो एफएम, काठमाडौं) र मनोजकुमार मेहता—(रेडियो पूर्वेली आवाज–मोरङ) लाई प्रदान गरिएको छ ।

पुरस्कार वितरण पछि कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव खगराज बरालले पुरस्कृत हुने पत्रकारको अझ जिम्मेवारी थपएिको हुँदा बालबालिकाका विषयमा थप योगदानको अपेक्षा रहेको बताउँदै उहाँले बालबालिकालाई होच्याउने, बेवास्ता गर्ने तथा सार्वजनिक कार्यक्रम र संरचना निर्माण गर्दा उपेक्षा गर्ने प्रवृत्तिको अन्त्यका लागि पनि कलम चलाउन पहारहरुलाई आग्रह गर्नु भएको थियो ।

त्य���्तै महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले बालबालिकाका विषयमा सचेत हुन पत्रकार आचारसंहितामा बालबाललिका सम्बन्धी विशेष व्यवस्था गर्नुका साथै निर्देशिकासमेत जारी गरिएको जानकारी दिँदै पुरस्कृत पत्रकारहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।  त्यस्तैगरि केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल, सूचना विभागका महानिर्देशक बिरबहादुर राइ, केन्द्रीय बालकल्याण समितिका अध्यक्ष बबिना श्रेष्ठ लगायतले पुरस्कृत हुने पत्रकारलाई बधाई दिँदै बालबालिका एकदमै संवदनशील हुने भएकाले सचेत भएर समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको थियो  ।