शनिबार, बैशाख १५, २०८१

आयोगले श्रावण १ गतेदेखि मतदाता नामावली सङ्कलन गर्ने

निर्वाचन पर्यवेक्षण मञ्च नेपालको अनुमति रद्द

काठमाडौ आषाढ २६,   निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको आगामी निर्वाचन प्रयोजनका लागि आगामी श्रावण १ देखि १५ गतेसम्म सबै Pressrelease20740326जिल्लास्थित निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलन कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले मतदाता नामावलीमा नाम समावेश गर्न नाम दर्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको योगका प्रवक्ता सूर्यप्रसाद शर्माद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा आयोगबाट गत वैशाख ३ गते प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिले स्थायी बसोबास भएको जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउने सकिने व्यवस्था मिलाइएको जनाउँदै मतदाता नामावलीमा नाम दर्ता गराउन चाहने व्यक्तिले नागरिकताको प्रमाणपत्र आफ्नो साथमा लैजानुपर्ने जनाएको छ ।  त्यस्तै यसअघि आयोगबाट जारी मतदाता परिचयपत्रमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटि भएको भए त्यो सच्याउन, दोहोरो नाम हटाउन वा स्थान परिवर्तन गर्न तथा मतदाता नामावलीबाट नाम हटाउन उक्त अवधि अर्थात् साउन १ देखि १५ गतेसम्ममा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्थासमेत गरेको आयोगले जनाएको छ ।

यसैवीच आयोगले निर्वाचन कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा आयोगबाट पर्यवेक्षणको परिचयपत्र लिएर  निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको मतगणना प्रतिनिधि भएको जनाउँदै निर्वाचन पर्यवेक्षण मञ्च नेपालबाट पर्यवेक्षकका रूपमा खटिएका मीनबहादुर थापा, बुद्धिबहादुर रोकाया र राममणि पौडेललाई भविष्यमा पर्यवेक्षण गर्न नपाउने गरी अभिलेख राख्ने निर्णय सहित भविष्यमा कुनै पनि संस्थाबाट निर्वाचन पर्यवेक्षण गर्न नपाउने गरी कारबाही गरेको छ ।   आयोग द्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार पर्यवेक्षकका रूपमा खटिएर निर्वाचन आचारसंहिता विपरीत उनिहरुले राजनीतिक दलको मतगणना कार्यमा खटिएको हँुदा निर्वाचन पर्यवेक्षण मञ्च नेपाललाई निर्वाचन पर्यवेक्षण गर्न प्रदान गरिएको अनुमति र उक्त संस्थाबाट खटिएका पर्यवेक्षकलाई जारी गरिएका परिचयपत्रसमेत रद्द गर्ने निर्णय गरेको जनाएको छ ।