शुक्रबार, बैशाख १४, २०८१

म.प बैठक: सप्तरीका बाढीपीडितलाई तत्काल रु २५ हजार राहत र १५ लाखसम्म सहुलियत ऋण दिने निर्णय

प्रम देउवाको परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराई र प्रेस संयोजकमा गोविन्द परियार नियुक्त

काठमाडौ आषाढ २६,  मन्त्रीपरिषदको मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा आज बसेको बैठकले अविरल वर्षाका कारण नदीमा आएको बाढीबाट e98113292b8430280e882802c5419c101498141848विस्थापित सप्तरीका बाढीपीडितलाइ तत्कालका लागि टहरा निर्माण र जस्तापाता खरिदका लागि तत्काल प्रतिपरिवार रु २५ हजार राहत दिने निर्णय गरेको छ । बैठक पिडितका लागि रु १५ हजार टहरा निर्माण । जस्तापाता खरिदका लागि रु १० हजार गरी कुल रु २५ हजार राहत दिने निर्णय गरेको हो । उक्त क्षेत्रमा बाढी बाट ५सय भन्दा बढी घर डुबानमा परेका थिए ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमणको क्रममा बाढीपीडितलाई रु २५ हजार राहत उपलब्ध गराउने तथा उनीहरूको बसोबासको व्यवस्था गर्न रु १५ लाखसम्म सहुलियत ऋणको व्यवस्था गर्ने प्रतिवद्धता घोषणा गर्नुभएको थियो ।   यसैगरी बैठकले प्रतिनिधिसभाको सदस्य निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई व्यवस्थापिका–संसद्मा पेश गर्ने निर्णय गर्नुको अलावा प्रम देउवाको परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराई र प्रेस संयोजकमा गोविन्द परियारलाई नियुक्त गर्ने निर्णय गरेको छ ।