मङ्लबार, बैशाख ११, २०८१

३ सय ३३ स्थानीय तहको परिणाम घोषणा

धरान उपमहानगरपालिको मात्र नतिजा बाँकी

काठमाडौं आषाढ २६, स्थानिय तहको दोस्रो चरणको चुनाव अन्र्तगत अब ३सय ३३ स्थानीय तहको परिणाम घोषणा भइसकेको छ । अव बाँकी धरान उपमहानगरपालिको नतिजा आएसंगै स्थानिय तहको दोस्रो चरणको चुनाव सम्पन्न हुँनेछ । गएराती सार्वजनिक भएको झापाको अर्जुनधारा नगरपालिकामा एमाले nirbachan2विजयी भएको छ । योसँगै एमालेले दोस्रो चरणमा मात्रै १ सय ५० स्थानमा विजयी हाँसिल गरेको छ ।

यता परिणाम आँउन बाँकी रहेको धरान उपमहानगरपालिकामा पनि एमालेको अग्रता कायमै छ । प्राप्त पछिल्लो जानकारी अनुसार एमालेका मेयर उम्मेदवार तारा सुब्बा १४ हजार ७ सय २० मतसहित अग्रस्थानमा हुनुहुन्छ कांग्रेसका प्रतिस्पर्धी तिलक राईले ११ हजार ६ सय २० मत प्राप्त गरेका छन । यस्तै उपमेयरमा एमालेकी मन्जु भण्डारीको १४ हजार ९ सय ६४ मत र कांग्रेसका श्यामा रेग्मीको ११ हजार ७ सय ५३ मत रहेको जानकारी प्राप्त् भएको छ ।