शुक्रबार, बैशाख १४, २०८१

आज भरतपुर मतगणना विवादसम्बन्धीको सुनुवाइ हुँदै

काठमाडौं श्रावण २, सर्वोच्च अदालतमा आज चितवनको भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ हुँदैछ । यसअघि आषाढ २६ मा न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ पेसी तोकिएको थियो तर हेर्न नभ्याउने भन्दै आजका लागि सारिएको थियो ।

high Court_पटक पटक पेशी तोक्ने अनि नितिगत फैसाला नहुने नियतिका कारण भरतपुर प्रकरण आफैमा अन्यौलको प्रकरण भएका छन । मतगणनाको क्रममा मतपत्र च्यातेपछि सिर्जना भएको विवाद र आयोगले उक्त विवादलाइ सम्बोधन गर्दै पुनः मतदान गर्ने सवालमा गरेको निर्णय विरुद्ध दर्ता भएको रिट निवेदन उपर प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले तत्काल पुनः मतदानको निर्णय कार्यन्वयन नगर्न निर्वाचन आयोगलाई अन्तरकालिन आदेश दिएको थियो ।
त्यसपछिको इजलासमा प्रस्तुत विवादास्पद प्रकरण सम्बन्धी सम्पूर्ण कागजाता झिकाउँने लगायतका निर्णयसंगै काअवश्यक सवै कागजाता अदालतमा पेश भइसकेको अवस्थामा पनि नितिगत फैसला नहुनु थप विवादका कारण बन्दै आएको छ ।