शनिबार, बैशाख १५, २०८१

आज पहिलो श्रावणको सोमबार, शिव मन्दिरमा महिलाहरुको घुईचो, आजैबाट बोलबम मेला शुरु

नेपाली हिन्दू नारीहरु ब्रत बसी आफ्ना पतिको दीघार्युको कामना गर्दै

काठमाडौ श्रावण २ , आज श्रावण महिनाको पहिलो सोमबार । नेपाली हिन्दू नारीहरु ब्रत बसी आफ्ना पतिको दीघार्युको कामना गर्दैछन् । यसै अवसरमा 12033537_10203335511307224_1500306209_nnktnews20120730_01शिवको पूजा आराधना गर्न र जल चढाउन देशभरिका शिव मन्दिरमा महिलाहरुको घुईचो लागेको छ । आजको दिन नेपाली हिन्दू महिलाहरुले श्रावणे सोमवारमा ब्रत बस्नुका साथै महिनाभरी शिवको आराधना गर्ने गर्छन् । यस क्रममा उनीहरुले हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् भने पुरुषहरू पनि व्रत बसेर पूजा गर्ने गर्दछन् । यस वर्षको श्रावणमा पाँच वटा सोमबार परेको छ । स्मरण रहोस   हरियोलाई प्रेम, रातोलाई शौभाग्य र पहेँलोलाइ पवित्रताको प्रतिकको रुपमा लिइन्छ ।

त्यस्तै  आजको दिन देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकामना पूरा भई सुखशान्ति मिल्ने विश्वास रहिआएको छ ।काठमाडौको पुशपतिनाथ, पर्वतको गुप्तेश्वरलगायतका शिव मन्दिरहरुमा जल चढाउने भक्तजनको घुइचो लागेको छ । आजबाट शुरु भएको बोलबम मेलाको अबसरमा शिवलिङ्गमा जल चढाउन देशका विभिन्न स्थान र भारतबाट भक्तजनहरु पुगेका छन् । प्रत्येक साउने सोमवारका दिन जल चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका रहिआएको छ ।