शनिबार, बैशाख ८, २०८१

१५ दिनभित्र उपत्यकाको सडकमा खाल्डाखुल्डी पुर्न प्रमको कडा निर्देशन

काठमाडौ श्रावण २ प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ उपत्यकाभित्रका सडकको अवस्था तत्काल सुधार गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा deubaमन्त्रिपरिषद्को कार्यालयमा आइतवार सडक, खानेपानी, विद्युत्, सडक विस्तार आयोजनालगायत सरोकारवाला निकायका मन्त्री, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई बोलाएर उहाँले नेपालटार र सामाखुसीमा भएको घटनाप्रति ध्यानाकर्षण भएको बताउँदै सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न कडा निर्देशन दिनुभएको हो ।

स्मरण रहोस गत शुक्रबार नेपालटारमा ३ कक्षामा अध्ययनरत विनिता फुयाँलको ढलको पानीले बगाएर निधन भएको थियो भने सामाखुसीमा पनि बालिका सत्या सापकोटाको ढलको पानीले बगाउँदा उद्धार गरिएको थियो ।  सरकार जनताको सरकारले जनताको समस्या समाधान गर्न सरकारा बनेको जनाउ दिदै यहाँ देखिएको सडको अवस्था र बाटोघाटोका अवस्थाका कारण महानगर भन्न पनि शर्म लाग्ने अवस्था छ, तपाईंहरू के गरिरहनुभएको छ ? काठमाडौँ उपत्यकाका खाल्डा तत्काल सुधार सहित १५ दिनभित्र पूर्न निर्देशन दिनुभएको छ । यसको जानकारी दिनुहोस् । त्यसै अवसरमा उहाँले प्रम देउवाले काठमाडौँ उपत्यकाको एकीकृत विकास आयोजनाको प्रस्ताव तयार गर्नसमेत निर्देशन दिनुभएको थियो ।