शनिबार, बैशाख १५, २०८१

आज देखि लागु हुने भनिएको क्लिन फिड’ नीति तत्कालका लागि स्थगित

काठमाडौं श्रावण १,  श्रावण १ गतेदेखि लागु हुने भनिएको ‘क्लिन फिड’ अर्थात विदेशी विज्ञापन हटाउने व्यवस्था तत्काल लागू नहुने भएको छ । सरकारले सूचना तथा सन्चार मन्त्रालयबाट डाउनलिंक अनुमति लिइ नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलको प्रसारणमा विज्ञापनरहित नीति, २०७३ मा उल्लेखित Captureकतिपय कार्य सम्पादन गर्न बाँकी रहेको हुँदा तत्कालका लागि स्थगित गरिएको मन्त्रालयले जद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैवीच डाउनलिंक अनुमति लिइ नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलको प्रसारण साउन १ गतेदेखि ‘क्लिन फिड’ लागू गर्न मन्त्रालयले यही आषाढ २९ गते सूचना जारी गरेको थियो । तर नेपाल केबल टेलिभिजन महासंघ, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र डिस होम नेपाललगायतका संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले प्रस्तुत निति लागू गरे श्रावण १ गतेदेखि नेपालमा प्रसारण हुने सबै टेलिभिजन बन्द गर्ने घोषणासमेत गरेका थिए ।