बिहिबार, बैशाख १३, २०८१

राजपा सहित ५ वटा पार्टीलाइ दलको मान्यता

काठमाडौ श्रावण १, निर्वाचन आयोगले मधेस केन्द्रित राजनीति गर्दै आएका राष्ट्रिय जनता पार्टी नेपाल’ लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिवार बसेको बैठकले राजपालाई पार्टीको मान्यता दिने निर्णय गरेको हो । आयोगका आयुक्त नरेन्द्र Election-Commission-Nepalदाहालले छवटा दल मिलेर एकीकृत पार्टी गठनका लागि आयोगमा निवेदन दिएकामा आयोगको बैठकले ‘राष्ट्रिय जनता पार्टी नेपाल’ लाई दलको मान्यता प्रदान गरेको जनाउ दिनु भएको छ । निर्वाचन चिह्न भने प्रदान गर्ने निर्णय नभएको आयोगले जनाएको  ।

त्यस्तै आयोगको शनिवारको बैकठले पत्रकार रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीले औपचारिक रुपमा दलको मान्यता पाएको छ । यस्तै, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, नेपाली शान्ति क्षेत्र परिषद्, दलित–मुस्लिम जनशक्ति पार्टी र नेपाली काँग्रेस ९बिपी० लाई पनि आयोगले दलको मान्यता प्रदान गरेको जनाएको छ ।