शुक्रबार, बैशाख १४, २०८१

सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन आयोगद्दारा पत्राचार

काठमाडौ आषाढ ५, निर्वाचन आयोगले प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा अषाढ १४ गते हुने दोस्रो चरणको निर्वाचनका दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले सरकारी, अर्धसरकारी कार्यालयमा कार्यरत अधिकांश कर्मचारी मतदानमा asar05pressreleasesecondपरिचालन हुनुपर्ने भएकाले सार्वजनिक सेवा प्रवाह गर्न कठिनाइ हुने जनाउँदै आयोगले ती जिल्लामा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन आयोगले यस्तो निर्देशन दिने निर्णय गरेको जनाएको छ ।

त्यस्तै आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्दारा जारी विज्ञप्तिमा दोस्रो चरणमा निर्वाचनको लागि मतदान हुने मतदान केन्द्र सार्वजनिक एवम् संस्थागत विद्यालय वा क्याम्पसजस्ता शैक्षिक संस्थामा तोकिएका कारण विद्यालय र क्याम्पसमा यही आषाढ ११ देखि आषाढ १४ गतेसम्म सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन पनि शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गर्नुको अलावा आयोगले विद्यालय वा क्याम्पसमा मतगणना हुने अवस्थामा भएको खण्डमा मतगणना सम्पन्न नभएसम्म उक्त विद्यालय वा क्याम्पस भवन र परिसर उपलब्ध गराइदिने व्यवस्था मिलाउन पनि मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको उललेख गरिएको छ ।